काठमाडौं । यसवर्षको बालोन डि’ओर इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले जितेका छन् ।
उनले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर जितेको यो पहिलो अवसर हो । उनले सन् २०२५–२६ को सिजनमा क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन् २००१ मा माइकल ओवेनपछि कुनै इंग्लिस खेलाडीले बालोन डि’ओर जितेको यो पहिलो अवसर हो । केनले लामो समय टोटनह्याममा बिताएर सन् २०२३ मा बायर्न म्युनिखमा आबद्ध भएपछि टोलीगत उपाधिहरू जितेका थिए ।
सन् २०२५–२६ को सिजनमा उनले उपाधिसँगै व्यक्तिगत गोलको कीर्तिमानसमेत बनाएका थिए । केनले गत सिजन बायर्नका लागि सबै प्रतियोगितामा गरी ५१ खेलमा ६१ गोल गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले जर्मनीको घरेलु लिग र कप दुवै उपाधि जित्दै सिजनको अन्त्य गरेको थियो ।
यसैगरी उनले इंग्ल्याण्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याएका थिए । तर सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि उपाधिको होडबाट बाहिरिएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा भने फ्रान्सलाई हराएको थियो ।
महिलातर्फको बालोन डि’ओर भने स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रोपटक हात पारेकी छन् ।



