गुवाहाटीको होटलमा गोली चल्दा ५ जनाको मृत्यु

काठमाडौं । सोमबार राति गुवाहाटीको एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीचको विवादमा ५ जनाको गोली हानी हत्या भएको छ ।

प्रहरीका अनुसार राति करिब ९ बजे जीएस रोडमा बोरा सर्भिसअघि रहेको होटल बिलास इनमा यो घटना भएको हो ।

यो स्थान असम प्रहरीको मुख्यालयभन्दा करिब २ किलोमिटर टाढा रहेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार ६ जनालाई गोली लागेकोमा ५जनाको मृत्यु भएको हो भने एक जनाको उपचार भइरहेको छ । 

यो घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३२ बोरको लाइसेन्सप्राप्त पेस्तोलबाट हत्याकाण्ड मच्चाएको उल्लेख गरेको छ । प्रहरीले घटनामा प्रयोग भएको हतियार समेत बरामद गरेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update