काठमाडौं । नेपालले चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’ मा सहभागिता जनाउने भएको छ ।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले मंगलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिखसम्म हुनेछ ।
प्रतियोगिताका लागि नेपालले घोषणा गरेको टोलीमा कप्तान पाख्रिनसँगै रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आसिकाकुमारी महरा, अनु कडायत, मनीषा उपाध्याय, सना प्रवीण, अलिशाकुमारी यादव र तिर्सना विश्वकर्मा समेटिएका छन् ।
प्रतियोगितामा नेपालसँगै चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।




