काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्रै खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल साँझ ५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । जारी प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराको पहिलो खेल हो ।
सुदूरपश्चिम पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएकाले आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।
अघिल्ला २ सिजन राम्रो गर्न नसकेको पोखरा पनि सुदूरपश्चिमलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा छ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको तथा पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा उत्रिनेछन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३ ०८:१४
प्रतिक्रिया दिनुहोस्



