एजेन्सी। इजरायलमा भएको संसदीय निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म २५.२ प्रतिशत मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत पाउने देखाएको छ ।
हालसम्म नेतान्याहुको गठबन्धनले ६३ सिट जित्ने देखिएको छ भने विपक्षी गादी आइजनकोटको गठबन्धनले ४९ सिट जित्ने अनुमान छ । यसैगरी अरब पार्टीले ८ सिट जित्ने देखिएको छ ।
इजरायली संसदमा १२० सिट रहेका छन् । जसमा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्छ ।
मतदान सम्पन्न भएसँगै ५ वटा एग्जिट पोलको नतिजा समेत आएको छ । जसमा ३ वटामा आइजनकोटको गठबन्धन पछि परेको छ भने २ एग्जिट पोलमा दुवै गठबन्धनलाई बराबरी सिट दिइएको छ ।
अरब पार्टीलाई १८ सिट दिइएको छ । यस्तो अवस्थामा अरब पार्टी सरकार निर्माणको किंगमेकर बन्नेछन् ।



