एनपीएलमा आज जनकपुर र काठमाडौं तथा विराटनगर र कर्णाली भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुर पहिलो जितको खोजीमा मैदान उत्रिनेछ । काठमाडौं गुर्खाजको भने यो पहिलो खेल भएकाले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ । 

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको विराटनगर आज पहिलो जितको खोजीमा हुनेछ । 

पहिलो खेलमा जनकपुरलाई हराएको कर्णाली लगातार दोस्रो जित निकाल्दै प्लेअफको यात्रा सहज बनाउने योजनामा छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update