पूर्वी नेपालको ताप्लेजुङ केन्द्र बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ताप्तेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जुन तिब्बतसँग सीमा जोडिएको क्षेत्र हो । 

भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पको क्षतिको विवरण भने अझै आएको छैन । 

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने भूकम्पको केन्द्रविन्दु सिक्किमको मंगन क्षेत्रको करिब ६७ किलोमिटर टाढा रहेको र १० किलोमिटर गहिराइमा रहेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update