काठमाडौं । आज देशका अधिकांश स्थानमा मौसम सफा हुनेछ भने राति भने केही प्रदेशमा हुस्सु लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
भरे राति कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
बिहानपख उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।




