आजको राशिफल : वृषको रोकिएका कामले गति लिने, मकरको कार्यक्षेत्रमा मानसम्मान प्राप्त हुने

आज मिति २०८३ साल मंसिर ९ गते बुधबार, तदनुसार २५ नाेभेम्बर, २०२६ । आज मंसिर कृष्णपक्ष प्रतिपदा तिथि । हेर्नुहोस् आजको राशिफल 

मेष– नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ र आर्थिक कारोबारमा फाइदा मिल्नेछ। गुम्न लागेको धन हात लाग्नुका साथै पढाइमा राम्रो नतिजा आउनेछ, तर बोल्दा संयम अपनाउनुहोला। 

वृष– व्यापारमा नयाँ ग्राहक थपिनेछन् र रोकिएका कामले गति लिनेछन्। शिक्षाको क्षेत्रमा अघि बढ्ने अवसर मिल्नुका साथै पारिवारिक भेटघाट सुखद रहनेछ।

मिथुन– रोजगारीको प्रयास सफलतातर्फ बढ्नेछ र नयाँ सीप सिक्ने अवसर मिल्नेछ। पठनपाठनमा जोस र जाँगर बढ्नुका साथै साथीबाट उपयोगी सहयोग मिल्नेछ, तर अनावश्यक खर्च रोक्नुहोला।

कर्कट– मनमा रहेको अन्योल हट्नेछ र आर्थिक योजना बनाउन अनुकूल समय छ। बौद्धिक व्यक्तिसँगको भेटले मन खुसी हुनेछ भने विद्यार्थीलाई अध्ययनमा रुचि बढ्नेछ।

सिंह– कार्यक्षेत्रमा आफ्नो प्रतिभा देखाउने मौका मिल्नेछ र जिम्मेवारी बढ्नेछ। साथीको सहयोगमा नयाँ काम थाल्दा फाइदा भए पनि खानपान र थकानलाई बेवास्ता नगर्नुहोला।

कन्या– व्यावसायिक तथा पेसागत जीवनमा सकारात्मक परिवर्तनको संकेत छ र कठिन कार्य पनि सहजै पूरा हुनेछ। आर्थिक पक्ष सुदृढ बन्दै जानेछ, तर सञ्चित धन खर्च हुन सक्ने भएकाले सजग रहनुहोला। 

तुला– विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ र रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। यद्यपि, विरोधी सक्रिय रहन सक्ने भएकाले आर्थिक कारोबार र व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। 

वृश्चिक– बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ र व्यवसायमा मनग्य धनलाभ हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनुका साथै नयाँ कामको प्रस्ताव आउन सक्छ। (शुभ रंग: रातो, शुभ अंक: ३)

धनु– आज भाग्य र अवसरको दिन रहनेछ। नयाँ यात्राको योजना बन्न सक्छ र व्यावसायिक क्षेत्रमा विस्तारको सम्भावना छ। धार्मिक कार्यमा संलग्नताले मनमा शान्ति मिल्नेछ।

मकर– कार्यक्षेत्रमा मानसम्मान प्राप्त हुने सम्भावना छ र दिन सहज बित्नेछ। अरूको सहयोगमा जुट्नुपरे पनि अन्ततः आफैंलाई फाइदा हुनेछ। 

कुम्भ– सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ, तर काममा केही झन्झट र खर्च बढ्न सक्ने भएकाले सचेत रहनुहोला। मेहनतको प्रतिफल अरूको हातमा नजाओस् भन्नका लागि सजग रहनु उचित हुनेछ।

मीन– प्राविधिक शिक्षा तथा अध्ययनमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। रोकिएका कामहरू सम्पादन हुनेछन् र समाजमा तारिफयोग्य काम गर्ने अवसर जुट्नेछ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update