काठमाडौं । अवैध सुनसहित २ जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ महिलाहरू हुन् । उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका थिए । यो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३ ०७:२१
प्रतिक्रिया दिनुहोस्




