काठमाडौं । आज देशभरको मौसम सामान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
यद्यपि बाँके, दाङलगायत तराईका धेरै ठाउँमा हुस्सु तथा तुवालो लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
यसैगरी आज राति पनि कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू–भागका केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।




