आजको राशिफल : मिथुनको कार्यक्षेत्रमा सफलता, मकरकाे व्यापारमा लाभ

आज मिति २०८३ साल मंसिर १० गते बिहीबार, तदनुसार २६ नाेभेम्बर, २०२६ । आज मंसिर कृष्णपक्ष द्वितीया तिथि । हेर्नुहोस् आजको राशिफल 

मेष–  महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ र आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। मध्याह्नदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ भने स्वास्थ्यमा केही सचेत रहनुहोला। 

वृष– प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै कार्यक्षेत्रमा पराक्रम वृद्धि र प्रशंसा हुनेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ भने अध्ययनमा पनि प्रगति हुनेछ। 

मिथुन– कार्यक्षेत्रमा रचनात्मक वा बौद्धिक कुशलताबाट लाभ मिल्नेछ र आर्थिक कारोबार सबल रहनेछ। मध्याह्नदेखि सहयोगीहरूले साथ दिनेछन् भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। 

कर्कट– मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। मध्याह्नदेखि भौतिक सुख सुविधामा धन खर्च बढ्न सक्ने भएकाले सचेत रहनुहोला।

सिंह– समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मध्याह्नदेखि रोकिएको लाभांश मिल्नेछ तर आकस्मिक खर्च र यात्रामा सावधानी अपनाउनुहोला। 

कन्या– आँटेका काम बिहानै गर्दा फाइदा हुनेछ भने विद्यार्थीहरूलाई उच्च शिक्षामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू बन्नेछन् तर अनावश्यक वादविवादबाट टाढा रहनुहोला। 

तुला– बिहान केही आलस्य अनुभूति भए पनि मध्याह्नदेखि स्थितिमा सुधार आई रोकिएका काम प्रारम्भ हुनेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ तर लामो दूरीको यात्रामा स्वास्थ्यको ध्यान राख्नुहोला। 

वृश्चिक– चिताएको काम बिहानै गर्दा फाइदा हुनेछ र आतिथ्यपूर्ण सम्मान पाइनेछ। शेयर बजार वा व्यापारबाट लाभ मिल्नेछ तर मध्याह्नपछि कामको चाप बढ्न सक्छ।

धनु– सामाजिक कार्यक्रममा नेतृत्वको भूमिका निर्वहन गर्नुपर्ला र योजनाबद्ध कार्यले सफलता दिलाउनेछ। मध्याह्नपछि आयस्रोत बढ्नुका साथै यात्रा पनि सुखमय रहनेछ।

मकर– कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरू र परिवारजनको सहयोगले नयाँ आशा जगाउनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ भने व्यापार व्यवसायमा लाभ मिल्नेछ।

कुम्भ– मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ र जीवनशैलीमा परिवर्तन आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ भने यात्रामा सामानको ख्याल राख्नुहोला।

मीन– व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ र आँटेको कार्यसम्पादन हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला र हतारमा निर्णय नलिनुहोला।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update