अवैध लागुऔषधसहित देशका विभिन्न जिल्लाबाट २७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । 

नियमित गस्तीका क्रममा उनीहरु लागुऔषधसहित पक्राउ परेको नेपाल प्रहरीले जानकारी दिएको छ । 

यसरी पक्राउ पर्नेमा काठमाडौंबाट १० जना रहेका छन् । यस्तै कोशी प्रदेशको सुनसरीबाट ७ जना, झापा र बाराबाट ६ जना, इलामबाट एक जना, तनहुँबाट दुई र दाङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको प्रहरीको भनाई छ । 

यसरी पक्राउ पर्नेहरुको साथबाट केही नगद समेत बरामद भएको जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update