Odapalika - The Fourth Estate - चौथो अंग
चुरे संरक्षण सरोकार पत्रकार समाजद्धारा वडापालिकाकर्मी बस्नेत सम्मानित 

महाेत्तरी । चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजलले वडापालिकाकर्मी बिशाल बस्नेतलाई सम्मान गरेको छ ।

महोत्तरी प्रतिनिधि  बस्नेतलाई चुरे क्षेत्रमा कलम चलाएर योगदान गरेबापत समाजले बुधबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

डेढ दशकदेखि कलम चलाउदै आएका बस्नेतले पछिल्लो ५ वर्षयता  महोत्तरीलाई कार्यक्षेत्र बनाएर चुरे संरक्षणमा पत्रकारिताका माध्यमवाट अभियान नै चलाएका छन् ।

त्यस्तै चुरे क्षेत्रमा नै कलम चलाउने अन्य ३ जना पत्रकारहरुलाई पनि सम्मान गरेको समाजकी सदस्य अन्जु ठाकुरले जानकारी दिइन् ।

सम्मानित हुनेहरुमा नागरिक डटकमका सम्पादक सुवोध गौतम, धनुषावाट सन्तोष सिंह र सिरहावाट मिथिलेश यादव छन् ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update