काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूतहरू नियुक्ति गर्न सिफारिस गरेको छ ।
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो ।
विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।
अब सरकारले सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ ।
कुन देशका लागि को ?
१. डा. निश्चलनाथ पाण्डे — भारतका लागि
२. डा. कल्याणराज शर्मा — चीनका लागि
३. चिरनजंग थापा –संयुक्त राज्य अमेरिकाका लागि
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके) का लागि
५. जिग्यान कुमार थापा – जापानका लागि
६. सुरेशकुमार कर्ण – इजरायलका लागि
७. प्राप्ति शेरचन – स्पेनका लागि
८. शरू जोशी — जर्मनीका लागि
९. डा. पद्माक्षी राणा — ओमानका लागि
१०. चूडामणि खरेल — मलेसियाका लागि
११. प्राडा सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि
१२. डा. मंचला झा — श्रीलंकाका लागि
१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि




