मन्त्रिपरिषद् बैठक जारी, कारण अध्यादेश फिर्ता नै हो ?
मन्त्रिपरिषद् बैठक जारी, कारण अध्यादेश फिर्ता नै हो ? राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगरी पुनरविचारको लागि मन्त्रिपरिषदमा नै फिर्ता गरेका थिए ।
योजना आयोगमा भट्ट, डेपुटी गभर्नरमा पण्डित
योजना आयोगमा भट्ट, डेपुटी गभर्नरमा पण्डित सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।
सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति
सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति आज बसेको मन्त्रिपरिषद् बैठकले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
चुनढुंगा‚ ग्रेनाइट र फलाम उत्खननका लागि जग्गा प्रयोग गर्न सरकारले दियो स्वीकृति
चुनढुंगा‚ ग्रेनाइट र फलाम उत्खननका लागि जग्गा प्रयोग गर्न सरकारले दियो स्वीकृति शक्ति मिनिरल्स प्रालिलाई चुनढुंगा उत्खनन कार्यको लागि पाल्पा जिल्ला माथागढी गाउँपालिका वडा नं ७ धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, विशक्ति होल्डिङ्गस प्रालिलाई चुनढुंगा उत्खनन कार्यका लागि चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं १३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने...
अर्याल सचिवमा नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
अर्याल सचिवमा नियुक्त‚ यी हुन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू
सोमबारको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णयहरू मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आईजीपीमा कार्की नियुक्त गर्ने सहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
आईजीपीमा कार्की नियुक्त गर्ने सहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ
Weather Update