काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
असार ३० गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
श्रेष्ठलाई निगमको महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गरिएको हो ।
यस्तै, बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, तेस्रो निर्णयमा सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने छ ।
मन्त्रिपरिषद बैठकले गरेको चौथो निर्णयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने भन्ने छ भने पाँचौ निर्णयमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने भन्ने छ । यो भनेको मिटरव्याज सम्बन्धी विषय हो ।






