काठमाडौँ । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले दिएको जानकारी अनुसार आज १०ः३० बजेदेखि मन्त्रिकेही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु हुँदैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको छ । सो बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदबाट सिफारिस भएका ८ वटा अध्यादेशमध्ये ७ वटा जारी भएर एउटा फिर्ता पठाएपछिको सन्दर्भमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगरी पुनरविचारको लागि मन्त्रिपरिषदमा नै फिर्ता गरेका थिए ।





