योजना आयोगमा भट्ट, डेपुटी गभर्नरमा पण्डित

 

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो । राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर हुने भएपनि अर्काे एक जनाको नाम भने सार्वजनिक भएको छैन । उपाध्यक्षमा नियुक्त भएका डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update