प्रधानमन्त्रीसँग छलफल सकेर निस्कदा सिंहदरबार गेटबार्टै  पक्राउ परे किस्पाङ गाउँपालिकाका अध्यक्ष

काठमाडौँ । प्रहरीले सिंहदरबारको गेटबाट नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहसँग छलफल सकेर बाहिरदिै गर्दाा अध्यक्ष तामाङ पक्राउ परेका हुन् । सो छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो । पक्राउ गरेर अध्यक्ष तामाङलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको छ ।

प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । उनी सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update