Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीसहितका यी प्रदेशमा आज पानी पर्ने 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा सामान्य बदली हुनेछ । 

पश्चिमी वायुको प्रभावका कारण आज उपत्यकासहितक केही भुभागमा पानी पर्ने सम्भावना छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । 

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली र कोसी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update