 
                                                                    काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा २७औँ भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम हुने भएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा मंगलबार बसेको मूल समारोह समितिको बैठकले माघ २ गते हुने मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा गर्ने निर्णय गर्दै नारा पनि तय गरेको हो ।
बैठकले यस वर्षको मूल नारा ‘भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ’ तय गरेको छ ।
बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रुपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रमहरु आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक संघसंस्थाहरुलाई आग्रह पनि गरेको छ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, गृह सचिव गोकर्णमणि दुवाडी, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलगायतको उपस्थिति थियो।

 
                
            



 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    