प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
झापाको शिवसताक्षी-२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् । 
 
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:५३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    