 
                                                                    काठमाडौँ । सहकारीको रकम अपचलनको अभियोगसहित पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
सरकारी वकिलको कार्यालयले आइतबार रवि लामिछानेसहित ३९ जनाविरुद्ध सहकारीको रकम ठगेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
यही पुस १८ गते जिल्ला प्रहरी परिसर काठमाडौंले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । सोही आधारमा आइतबार उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
अभियोगपत्रमा ३९ प्रतिवादीसँग कुल २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । रवि लामिछाने र गोरखा मिडियाका सञ्चालक जीबी राईविरुद्ध मात्र पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेर मुद्दा दर्ता गरिएको छ ।

 
                
            



 
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    