Odapalika - The Fourth Estate - चौथो अंग
पोखराबाट काठमाडौँका लागि हिँडे रवि लामिछाने 

कास्की । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पोखराबाट काठमाडौँका लागि हिँडेका छन् । 

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासको आदेशअनुसार ३७ लाख धरौटी बुझाएर ८४औँ दिनमा रिहा भएका उनी काठमाडौँका लागि हिँडेका हुन् । 

शुक्रबार दिउँसो  २ बजेको फ्लाइट क्यान्सिल गरेर करिब साढे २ बजेतिर स्थलमार्गबाट उनी काठमाडौँका लागि गाडीमा हिँडेका हुन् । 

बिहीबार रिहा हुँदा उनले शुक्रबार आफूविरुद्ध अभियोजन दर्ता भएको काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने गरी कागजमा हस्ताक्षर गरेका छन् । यसर्थ उनी शुक्रबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update