
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाको मौसम अझै केही दिन चिसो नै रहने बताएको छ ।
उसले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा मौसममा बदली हुने भए पनि पानी नै भने नपर्ने विभागको भनाइ छ ।
काठमाडौँमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको मौसम विभागले जानकारी दिएको छ । विभागका अनुसार काठमाडौं दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।
आज तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । न्यून भिजिविलिटीका कारण हवाइ उडान प्रभावित हुनसक्ने विभागको भनाइ छ । राति भने मौसम तुलनात्मक रुपमा सफा रहने विभागको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ ०७:०२
प्रतिक्रिया दिनुहोस्