Odapalika - The Fourth Estate - चौथो अंग
बेरोजगारलाई निवेदन दिन ठोरीको अपील, प्रधानमन्त्रीको रोजगारी दिने बाचा

काठमाडौँ । पर्साको ठोरी गाउँपालिकाले गाउँपालिकाभित्र बसोवास गरिरहेका बेरोजगार युवाहरुलाई गाउँपालिकामा निवेदन दिन आह्वान गरेको छ । 

ठोरी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आगामी १ फागुनदेखि सो महिनाभर आफुले बसोबास गरेको सम्वन्धित वडा काार्यलयमा गएर बेरोजगार व्यक्तिका रुपमा सूचीकृत हुन भनेको छ । 

यसरी सूचीकृत भएका व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत न्युनतम एक सय दिनको रोजगारी दिने भनिएको छ । यस्तो रोजागरीका लागि पालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत बिनियोजन हुने रकमका लागि दिने भनेको हो । 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update