Odapalika - The Fourth Estate - चौथो अंग
बित्तीय शुसासनमा ललितपुर महानगर र देउमाइ नगर उत्कृष्ट, यी हुन् शतप्रतिशत नतिजा ल्याउने ८ पालिका 

काठमाडौँ । बित्तीय शुसासन जोमिख मूल्यांकनमा देशभरकय स्थानीय तहमध्ये ललितपुर महानगरपालिका र इलामको देउमाइ नगरपालिका उत्कृष्ट देखिएका छन् । 

विभिन्न ५ सूचकका आधारमा स्थानीय तह आफैँले आफैँलाइ नम्बर दिने र त्यसलाई सम्वन्धित जिल्ला सामन्वय समितिले मूल्यांकन गरेपछि यसकाे अन्तिम नतिजा प्रकाशित हुने गर्छ । 

१०० अंकमा मापन गरेर नम्बर दिइने यो मूल्यांकनमा योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा गरी पाँच वटा बुँदामा मूल्यांन हुने गरेको छ । 

योसहितका ४ वटा सूचकको मूल्यांकनका आधारमा संघीय सरकारले स्थानीय तहलाई मन्त्रालयले बजेट उपलव्ध गराउने गर्छ ।

वित्तीय व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न जोखिम मूल्याङ्ककन गर्ने परिपाटी छ । यो मुल्यांकनका आधारमा इलाम नगरपालिकासहितका अन्य  ६ वटा स्थानीय तहले झण्डै सत प्रतिशत नजिता निकालेका छन् । 

यी हुन उत्कृष्ट नतिजा ल्याउने ८ पालिका 

ललितपुर महानगरपालिका ९९.५

देउमाइ नगरपालिका ९९.५

इलाम नगरपालिका ९९

सुर्योदय नगरपालिका ९९

कालीगण्डकी गाउँपालिका गुल्मी ९९

धुर्कोट गाउँपालिका गुल्मी ९९

सोलु दूधकुण्ड नगरपालिका ९९

भगवतीमाइ गाउँपालिका दैलेख ९९

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update