Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय र प्रदेशका कर्मचारी निर्णायक आन्दोलनको तयारीमा, जेठ लागेपछि सिंहदरवार घेर्ने तयारी 
फाइल तस्विर

काठमाडौँ । संघीय निजामती सेवा विधेयकका प्रावधानप्रति आपत्ति जनाउदै प्रदेश र निजामती र सेवा र स्थानीय सेवाका कर्मचारहिरु आन्दोलित भएका छन् । 

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको यो विधेयकमा षड्यन्त्रपूर्ण ढंगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीको वृउत्ति विकासमा अवरोध गर्न खोजिएको भन्दै उनीहरुले आन्दोलनको तयारी गरिरहेका छन् । २०८० सालमा स्थानीय तहका कर्मचारकिो नेतृत्वमा काठमाडौँमा भएो १४ दिन लामो आन्दोलनपछि सरकारले १९ बुँदे सहमति गरेको थियो । तर सो सहमति विपरित विधेयकको प्रतिवेदन संसदमा पेश गर्ने तयारी भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बैशाख मसान्तभित्र स्थानीय सेवा र प्रदेश निजामती सेवाका कर्मचारीका सरोकार समेटेर संसदमा प्रतिवेदन पेश गर्ने बताएपछि आन्दोलनका लागि ठिक्क परेका कर्मचारी पछि हटेका थिए । 

तर समितिको छलफल माग पुरा गर्नेतर्फ केन्द्रीत नभएको भन्दै उनीहरुले सात बुँदे सरोकारसहित आन्दोलनको तयारी थालेहा हुन् ।

हेर्नुहोस् ७ बुँदे सरोकार 

andolan-mag-1746419601.jpegआन्दोलनका लागि स्थानीय तहका कर्मचारीलेहरुले आन्तरिक तयारी सकेर अन्य ट्रेड युनियनहरुसँग छलफल गरिरहेको बताएका छन् । 

उनीहरु बैशाख मसान्तबाटै काठमाडौँ घेर्ने लक्ष्यसहित आन्दोलनको तयारीमा जुटेका छन् । उनीहरुले सिंहदरवार र संसद भवन घेर्नेसहितका आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update