Odapalika - The Fourth Estate - चौथो अंग
बालमैत्री नगर घोषणा गरेर स्थापना दिवस मनाउँदै कनकाइ नगरपालिका

काठमाडौँ । झापाको कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । यो सँगै कनकाइ बालमैत्री नगर बन्ने कोसीको पाँचौ स्थानीय तह बनेको छ ।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको बालमैत्री नगर बनेको बताए । उनका अनुसार झाापमा यो नगर वालमैत्री बनेको तेस्रो हो । नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मादपण्ड पूरा गरेकाले आज बालमैत्री नगर घोषणा गरिएको हो । 

औसतमा ८९ प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा गरिएको नगरप्रमुख पोखरेलले बताए । राष्ट्रिय मापदण्डअनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने भए पनि नगरले दुईवटा सूचक थप गरी ५३ वटा सूचक पूरा गरेको छ । 

बालमैत्री नगर घोषणा अभियानका क्रममा नगरपालिकाले ६ जना बाल श्रमिकलाई उद्धार गरेर एकदेखि ६ महिनासम्म राखेर आफन्तको जिम्मा लगाएको छ भने ९ जना बालबालिकालाई स्थायी संरक्षण केन्द्रमा पठाइएको छ ।

बालमैत्री नगरपालिका घोषणाका लागि नगरले आवश्यक संचरना तयार गर्नाका साथै कार्यविधि, ऐन, कानुन निर्माण गरिसकेको छ । बालविवाह, लागुऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए ।

नगरपालिकाले आज १२औँ स्थापना दिवस पनि मनाउँदैछ । दिवस मनाउन आज नगरपालिकाले पालिकाभर सार्वजनकि बिदा दिएको जनाएको छ ।

    

 

    
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update