Odapalika - The Fourth Estate - चौथो अंग
जनप्रतिनिधिको निधनमा शोक व्यक्त गर्न सार्वजनिक बिदा

काठमाडौँ । धनुषाको विदेह नगरपालिकाले एकजना जनप्रतिनिधिको निधनमा शोक व्यक्त गर्न आज पालिकाभर शोक विदा दिएको छ । 

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर यादवका अनुसार वडा नम्बर एक कि जनप्रतिनिधि (वडासदस्य) सीतादेवी दासको ७२ वर्षको उमेरमा निधन भएपछि शोक बिदा दिइएको हो । 

दासको आजै निधन भएको हो । उनको निधनमा नगरपालिका, नगरपालिका अन्तरगतका सबै वडा कार्यालय, विद्यालय, सरकारी कार्यालयलगायतमा बिदा दिइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update