काठमाडौँ । धनुषा जिल्लाको विदेह नगरपालिकाले जेनजी आन्लोदनका क्रममा क्षति पुगेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुसँग क्षतिको विवरण माग गरेको छ ।
जिल्ला भूमि समस्या समाधान समिति, धनुषाले जेन्जी आन्दोनलका क्रममा आगजनी वा तोडफोडमा परि नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुको निवेदनहरु र लगत संकलन कार्य गर्न पत्राचार गरेकोले सो अनुसार विवरण संकलन गर्न वडा कार्यालयहरुलाई पत्राचार गरेको हो ।
समितिले भने अनुसारको विवरण उपलब्ध गराउनको लागि वडा कार्यालयहरुले यथाशिघ्र २१ दिने सूचना प्रकाशन गरि फारम भर्न लगाउनु भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोलराज उपाध्यायले जानकारी दिए । त्यसरी संकलन भएका फारामहरु नगरपालिकामा पठाउन भनिएको छ ।



