Odapalika - The Fourth Estate - चौथो अंग
सामुदायिक विद्यालयका छात्रालाई बाढ्न विदेह नगरपालिकाले माग्यो स्यानिटरी प्याडको मूल्य

काठमाडौँ । धनुषाको विदेह नगरपालिकाले स्यानिटरी प्याडको मूल्य माग गरेको छ । नगरपालिकाले फागुन १३ गते इजाजत प्राप्त फर्म तथा सप्लायर्सहरुसँग दरभाउ माग गरेको हो ।

नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क वितरण गर्नको लागि खरिद गर्न लागेको हो । लागत अनुमान तयारीको लागि प्रतिप्याकेट दररेट माग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन प्रसाद साहले जानकारी दिए ।

नगरपालिकाले सेनेटर प्याड वितरण तथा व्यवस्थापन कार्यविधि नै बनाएर विद्यालय तहमा अध्ययनरत छात्रालाई प्याड वितरण गर्ने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update