काठमाडौँ । धनुषा जिल्लाको विदेह नगरपालिकाले पेट्रोलियम पदार्थको कालोबजारी रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ ।
नगरपालिकाले उपमेयर संयोजकत्वमा समिति बनाएर बजार अनुगमन गरिरहेको मेयर बेचन दासले जानकारी दिए ।
नगरपालिकाले पेट्रोलिपम पदार्थमा कालोबजारी वा उपभोक्तालाई बदनियतपूर्ण तरिकाले कष्ट दिने कार्य भएमा उजुरी गर्न पनि भनेको छ । त्यस्तो गरेको पाइए कानुन अनुसार कारवाही गरिने मेयर दासले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२ १३:२४
प्रतिक्रिया दिनुहोस्







