Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले दिने भत्ता थापेर मख्ख छन् एकल पुरुष 

काठमाडौँ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ले वडाभित्रका एकल महिला–पुरुषलाई सम्मान गरेको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई ५ हजार रुपैयाँसहित सम्मान गरेको गरेको हो । 

विवाह नगरी बसेका ३५ वर्षभन्दा माथि उमेरका महिला र ४० वर्षभन्दा माथिका पुरुषका साथै विवाह भई श्रीमान् गुमाएका ६० वर्षभन्दा कम उमेरका एकल महिला र श्रीमती गुमाएका ७० वर्षभन्दा कम उमेरका एकल पुरुषलाई सम्मान गरिएको रिब्दीकोट–१ वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

वडा कार्यालयले नगदसहित सम्मान गरेकामा लाभग्राहीले खुसी व्यक्त गरेको वडाअध्यक्ष पोखरेल बताउँछन् । वडा कार्यालयबाट गाउँमा बसेका जनतासँग जोडिने काम भएको एकल महिलाहरु बताउँछन् ।  वडाले उनीहरुको आयआर्जन र जिविकोपार्जनमा सहयोग होस भनेर सम्मान गर्ने अभियान थालेको बताएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update