Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट 

काठमाडौँ  । आजबाट लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनसुरु हुँदैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो । 

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । 

आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update