Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, यस्तो छ अभियोग 

काठमाडौँ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओलीसहित ४ कर्मचारी र निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

आयोगले बुधबार ओली, प्राविधिक खापासटे दलबहादुर ओली, लेखापाल लेखापाल महेन्द्र शर्मा, मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र त्यसका प्रोपाइटर शान्तबहादुर बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । 

बाँफिकोट गाउँपालिका २ मा पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा १ करोड ९९ लाख ८२ हजार ७९३ रूपैयाँ ३७ पैसा गर्ख गरेको उल्लेख छ । 

उक्त योजना सञ्चालनका लागि बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोटबीच ७७ लाख ४४ हजार ५७० रूपैयाँ ५२ पैसामा सम्झौता भई भएको निर्माण कार्य फिल्ड प्रतिवेदन अनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरेको पाइएको आयोगले जनाएको छ ।

‘फिल्डमा भएको कामभन्दा बढी सडक निर्माण भएको भनी नापी किताब तयार गरे गराएको, लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको भनी प्राप्त भएको अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीको हस्ताक्षर नै नभएकोले उनीहरूको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धारित मापदण्ड विपरीत भएको निर्माण कार्यलाई लुकाई छिपाई मापदण्ड बमोजिम भएको भनी नभए नगरेको कामको समेत भए गरेको भन्ने झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार पारेको भेटिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस आधारमा २१ लाख ६३ हजार ८६५ रूपैयाँ ४४ पैसा निर्माण व्यवसायीलाई बढी भुक्तानी दिने कार्य गरी बाँफिकोट गाउँपालिका, रुकुम पश्चिमलाई हानी नोक्सानी गरेको अभियोगपत्रमा उल्लेख छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update