Odapalika - The Fourth Estate - चौथो अंग
आयोगले वडातहसम्ममा माग्यो द्धन्द्धकालका जर्वजस्ती करणी र यौनहिंसाको उजुरी

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले माओवादी शसस्त्त द्धन्द्धकालमा भएका जर्वजस्ती करणी र यौन हिंसाका विषयमा उजुरी दिन देशभरका ६ हजार भन्दा बढी वडामा पत्राचार गरेको छ । 

आयोगले सूचनामार्फत यसअघि पनि जर्वजस्ती करणी र यौन हिंसाका घटनामा उजुरी दिन आह्वान गरेको थियो ।  आयोगले पदाधिकारी पाएलगत्तै यसअघि उजुरी दिन छुट भएका र उजुरी नै दिन नपाएकाहरुलाई ३ महिनाभित्र उजुरी दिन भनेको हो । 

यस्तो उजुरी सम्वन्धित जिल्लाको जिल्ला सरकारी वकिलको कार्यालय या आयोगको केन्द्रीय कार्यालय र आयोगको इमेल ठेगानामा पठाउन सकिने भनेको छ । 

द्धन्द्धकालमा भएका यस्ता घटनाको विवरण, प्रमाण, साक्षी, विवरणलगायतका थाहा भएका सबै विवरणहरु आयोगलाई उपलव्ध गराउन सहजीकरण गरिदिन भन्दै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो । 

आयोगका यो आग्रह अनुसार मन्त्रालयले देशभरका स्थानीय तहका वडा तहसम्म आयोगको आग्रहअनुसार उजुरी दिन पत्राचार समेत गरिसकेको छ । 

आयोगले आगामी भदौ ५ गतेभित्रमा यस्ता उजुरी गरिसक्न भनेको हो । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update