Odapalika - The Fourth Estate - चौथो अंग
नागरिकतासँगै फोटो र बच्चा देखाएपछि हुप्सेकोट गाउँपालिकामा पाइन्छ पशु सुत्केरी सुविधा 

काठमाडौँ । नवलपरासीको वर्दघाट सुस्ता पूर्वको हुप्सेकोट गाउँपालिकाले सुत्केरी भएका गाईभैँसीका लागि भिटामिनलगायतका पोषण तत्वका लागि गाउँपालिकामा सम्पर्क गर्न भनेको छ । 

पालिकाले एकजना कृषकले बढीमा २ वटा गाई र भैँसीका लागि सुत्केरी पोषण खुराक पाइने भन्दै सम्पर्क गर्न सूचना जारी गरेको  हो । 

यो सुविधा लिनका लागि गाई भैँसी पाल्ने कृषकको नागरिकताको फोटो, सुत्केरी गाईभैँसी र बच्चाको फोटोसहित गाउँपालिकामा पुग्नुपर्छ । 

यति गरेपछि गाउँपालिकाले भिटामिन र खुराकजन्य अन्य औषधिहरु उपलव्ध गराउने भनिएको छ । गाउँपालिकाले पशु सुत्केरी कार्यक्रमअन्तगत कृषकहरुलाई सिमित मात्रामा यस्ता औषधिहरु वितरण गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update