
काठमाडौँ । आज देशभरका स्थानयि सरकारले बजेट पेश गर्दैछन् । सम्बन्धित गाउँ तथा नगरसभामा उपाध्यक्ष र उपप्रमुले आज सभामा बजेट पेश गर्दैछन् ।
काठमाडौँँ महानगरपालिकासहित देशका कतिपय स्थानीय सरकारको बजेट विवादका कारण अन्योलमा छ भने कतिपय स्थानयि सरकारले बजेट पेश गरेर पारित समेत गरिसकेका छन् ।
कतिपय स्थानीय सरकारले भने आज सभामा नीति तथा कार्यक्रम र बजेट एकसाथ पेश गर्ने बताएका छन् । संवैधानिक प्रावधानअनुसार आज स्थानीय सरकारहरुले सभामा बजेट पेश गर्नैपर्छ ।
स्थानीय सरकारहरु बजेट पेश गर्ने तयारीमा जुटेका बेला संघीय सरकारले भने आज प्रतिनिधिसभाबाट बजेट पारित गराउँदैछ । गत १ जेठमा पेश भएको बजेट राप्रपा र रास्वपाको बहिष्कारबीच छलफल भई आज पारित गर्ने कार्यसूची छ ।
बजेटका पक्षमा मतदान गर्न, अनुपस्थित नहुन र तटस्थ नबस्न सत्तासीन दल एमाले र कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिसकेका छन् ।