Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ ललितपुर, विराटनगर र वीरगञ्ज महानगरको बजेट हिसाब

काठमाडौँ । देशका ६ मध्ये ५ वटा महानगरपालिकाले बजेट ल्याइसकेका छन् । काठमाडौँ महानगरपालिकाले विवादका कारण बजेट ल्याउन सकेको छैन भने पोखरा र भरतपुर महानगरले निर्धारति समय १० असार भन्दा अगावै बजेट ल्याइसकेका छन् । 

विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरको छ । महानगरपालिकाको १६औँ नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकासलाई प्राथमिकता राखेको बजेट तयार पारिएको सुनाइन् । 

बजेटमा वडाका योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको छ । प्रस्तुत बजेटका लागि संघीय सरकार वित्तीय समानीकरण अनुदान ३४ करोड ३४ लाख र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ३ करोड ६२ लाख ३० हजार रुपैयाँ छ । 

राजस्व बाँडफाँटबाट १ अर्ब १९ करोड २० लाख अनुमान गरिएको छ । जसमा मूल्य अभिवृद्धि करतर्फ १५ करोड ३९ लाख, अन्तःशुल्कतर्फ ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर १ करोड, सवारीसाधन करतर्फ ३ करोड ८ लाख, घरजग्गा रजिस्ट्रेसन ९४ करोड ६० लाख ३ हजार रुपैयाँ छ । 

महानगरपालिकाले आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, सङ्घीय सरकार ससर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकार ससर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र सङ्घसंस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरेको छ । 

यसै गरी खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक ६४ करोड ७५ लाख, ऋणको साँवाब्याज भुक्तानी ५ करोड, चालु आवको भुक्तानी बाँकी ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

वीरगन्ज महानगरपालिकाले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । 

महानगरका उपप्रमुख इम्तियाज आलमले चालु आवको भन्दा करिब ३३ करोड रुपियाँ बढाएर ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ बजेट नगरसभामा पेश गरे । 

बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार , पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख र वित्तीय व्यवस्थापनतर्फ ती करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

ललितपुर महानगरले ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको बताइन् । 

बजेटको खर्चको स्रोत व्यवस्थापन गर्नका लागि सङ्घीय सरकारबाट १ अर्ब ४१ करोड, २७ लाख ९४ हजार र बागमती प्रदेश सरकारबाट १८ करोड २७ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक आय तीन अर्ब ७१ करोड, ४६ लाख ९१ हजार रुपैयाँ सङ्कलन हुने अनुमान छ ।

अन्तरसरकारी अख्तियारबाट ९५ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । विनियोजित बजेटमा नपुग हुने १ अर्ब १२ करोड ७३ लाख ९० हजार रुस्पैयाँ नगद मौज्दातबाट बेहोर्ने महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update