
काठमाडौँ । विवादका कारण निर्धारित समय (१० असार)मा बजेट ल्याउन नसकेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशन पुनः सरेको छ ।
१० असारमा बस्ने बैठक जनप्रतिनिधिबीचको विवादका कारण बस्न नसकेपछि १८ असारका लागि बोलाइएको थियो । तर बैठक बस्नु एक दिन अगाडि नै प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंले अनिश्चितकालका लागि स्थगित भएको सूचना जारी गरेका छन् ।
मेयर राजन पौडेलका अनुसार भोलिका लागि बोलाइएको बैठक अब अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ १७:२६
प्रतिक्रिया दिनुहोस्