Odapalika - The Fourth Estate - चौथो अंग
बागुलङका १० स्थानीय तहमा ६ अर्ब ३४ करोडको हिसावकिताब

काठमाडौँ । कानुनी प्रावधान अनुसार देशभरका ३९ बाहेकका सबै स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । कतिपय स्थानीय तहले बजेट पारित गरेर खर्चको अख्तियारीसमेत दिइसकेको बताएका छन् । १० वटा स्थानीय तह भएको बागलुङका सबै स्थानीय तहले ६ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । 

बागलुङ नगरपालिकाले १ अर्ब ३० करोड ९५ लाखको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि नगर उपप्रमुख राजु खड्काले अनुमानित आय, आन्तरिक राजस्व तथा बैंक रकमलाई आधार मानेर बजेट प्रस्तुत गरे ।  

खड्काले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु १५ करोड ३७ लाख, सशर्त अनुदानतर्फ रु ७२ करोड २४ लाख, समपूरक अनुदान तर्पm रु दुई करोड २४ लाख, विशेष अनुदान चालुतर्फ रु एक करोड ३) लाख, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ रु दुई करोड १६ लाख ८२ हजार, सशर्त अनुदान पुँजीगततर्फ रु दुई करोड अनुमान गरिएको छ । 

यस्तै  समपूरक र विशेष अनुदान रु एक करोड तथा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँट रु १५ करोड १२ लाख ६० हजार, तथा आन्तरिक राजस्व र अनुमानित बैंक मौज्दातसहित रु २१ करोड  २९ लाख १५ हजार गरी रु एक अर्ब ३० करोड ९५ लाख ५८ हजार आय अनुमान गरी बजेट प्रस्तुत गरिएको उपप्रमुख खड्काले बताए ।

गलकोट नगरपालिकाले ७१ करोड ७४ लाख पाँच हजारको बजेट ल्याएको छ । नगर उपप्रमुख फमलाल निउरेले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ५१ करोड ४२ लाख ३६ हजार ६०० र पुँजीगततर्फ  २० करोड ३१ लाख ६९ हजार गरी कूल  ७१ करोड ७४ लाख पाँच हजार ६००  रुपैयाँ विनियोजन गरिएको छ । 

नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५१ लाख, राजस्व बाँडफाँटबाट १० करोड ४८ लाख ७५ हजार ९६४, सशर्त अनुदानबाट ३६ करोड ५३ लाख, विशेष अनुदानबाट १ करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट १ करोड ४८ लाख २१ हजार, राजस्व बाँडफाँटबाट १ करोड २० लाख एक हजार, विशेष अनुदानबाट ४० लाख र समपूरक अनुदानबाट ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि लागि ७५ करोड ४ लाखको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ  ११ करोड ९५ लाख, आर्थिक विकासतर्फ १ करोड ४५ लाख, सामाजिक विकासतर्फ ५ करोड ४२ लाख, पूर्वाधार विकासतर्फ ८ करोड ८२ लाख, वन तथा वातावरणमा ६२ लाख, सुशासनतर्फ ३९ लाख, न्यायिक समितिका लागि १२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुख हरिहर शर्माले ल्याएको बजेट बक्तव्यमा बालमैत्री नगरका लागि झण्डै २ करोड बजेट विनियोजन गरिएको हो । बालमैत्री नगर अभियानका लागि नगर स्तरीय कार्यक्रममा १ करोड ३० लाख र हरेक वडामा ५ लाख बजेट विनियोजन गरिएको छ । 

ढोरपाटन नगरपालिकाले ६० करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले सङ्घीय सरकारबाट वित्तीय समानिकरणमा १० करोड ६७ लाख, सङ्घीय सरकार सर्शत अनुदान २८ करोड ९ लाख, सङ्घ समपूरक अनुदान ८७ लाख, सङ्घीय सरकार विशेष अनुदान १ करोड ९० लाखको बजेट प्रस्तुत गरे ।

त्यस्तै सङ्घीय सरकार राजस्व बाँडफाँट ११ करोड २२ लाख, प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड २६ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख, प्रदेश समपूरक ६० लाख, प्रदेश सवारी साधन करतर्फ  एक करोड १९ लाख १५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।  

बडिगाड गाउँपालिकाको १७ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष भीमसेन वनले प्रस्तुत गरेकाे ७१ करोड ९५ लाखको  बजेट तथा कार्यक्रम पारित भएको छ ।

गाउँपालिकाको आन्तरिक राजस्वबाट १ करोड ६० लाख १५ हजार, नेपाल सरकारको राजस्व बाँडफाँटबाट १० करोड ५४ लाख १४ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट  ११ करोड २९ लाख ६ हजार, चालु वर्षको नगद मौज्दातबाट  ७९ लाख ५० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट १० करोड ८७ लाख, प्रदेशतर्फको वित्तीय समानीकरण अनुदान १ करोड ४० लाख ७४ हजार, सङ्घीय सरकारको सशर्त अनुदान ३८ करोड ९३ लाख, सङ्घीय सरकारको विशेष अनुदान १ करोड ६३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ३९ लाख ५० हजार, सङ्घीय सरकारको समपूरक अनुदान ४ करोड पाँच लाख, प्रदेश सरकारको समपूरक ६० लाख गरी कूल ७१ करोड ९५ लाख अनुमानसहितको बजेट प्रस्तुत गरिएको थियो । 

काठेखोला गाउँपालिकाले ५८ करोड ६( लाख ८३ हजार बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासलाई जोड दिएको छ ।

बजेटमा आर्थिक विकासतर्फ रु एक करोड १५ लाख, पूर्वाधार विकासतर्फ रु दुई करोड १९ लाख, सामाजिक विकासतर्फ रु तीन करोड २१ लाख विनियोजन गरिएको छ । पालिकाका आठ वडामा रु तीन करोड ७० लाख विनियोजन गरेको उपाध्यक्ष थापाले बताए ।

ताराखोला गाउँपालिकाले ४० करोड ६७ लाख ४७ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले बजेट सार्वजनिक गरेको बजेटमा चालुतर्फ २२ करोड ७३ लाख ७० हजार र पुँजीगतर्फ १७ करोड ९३ लाख गरी कुल ४० करोड ६७ लाख ४७ हजार बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड ४८ लाख ३५ हजार, सामाजिक विकासतर्फ सशर्त अनुदानसहित १० करोड ८३ लाख ८२ हजार, पूर्वाधार विकासतर्फ  ११ करोड ५५ लाख ५१ हजार, विपद् व्यवस्थापनतर्फ ३० लाख ५० हजार, सुशासन तथा संस्थागततर्फ एक करोड ३२ लाख ६० हजार र पालिकाको प्रशासनिक खर्चतर्फ छ करोड १६ लाख ७० हजार विनियोजन गरेको छ ।

बरेङ गाउँपालिकाले ३८ करोड ९० लाख ४० हजार ८२८ खर्च हुने अनुमानको बजेट ल्याएको छ । उपाध्यक्ष दिलीपकुमार पुनले पेश गरेको बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु सात करोड ४१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु छ करोड ५३ लाख ९२ हजार ६००, सशर्त अनुदान चालु रु १८ करोड ७६ लाख, सशर्त अनुदान पुँजीगत रु २५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ८८ लाख ८५ हजार, प्रदेश राजस्व बाँडफाँट रु ५० लाख ७४ हजार, नेपाल सरकारबाट प्राप्त समपूरक अनुदान रु ९१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु ४० लाख र समपूरक अनुदान रु ६० लाख, गत आवको अल्या रु ७७ लाख ८० हजार २०८, गाउँपालिकाको आन्तरिक आय रु ३५ लाख प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष छ ।

तमानखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि  ३३ करोड ४१ लाख ६ हजार बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई विशेष प्राथमिकता राखेर बजेट प्रस्तुत गरेको बताइन् । 

निसीखोला गाउँपालिकाले ५२ करोड २४ लाख २१ हजार बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीले पेश गरेको बजेट पर्यटन, कृषि तथा पूर्वाधार केन्द्रित छ ।
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update