Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो आयो ताप्लेजुङका स्थानीय सरकारको बजेट 

काठमाडौँ । ताप्लेजुङ जिल्लमा रहेका ९ वटा स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । ५ वटाले यसअघि नै बजेट ल्याइसकेका छन् भने ३ वटा स्थानीय सरकारले आज बजेट पेश गरिरहेका छन् । 

बजेट ल्याएका ५ वटा स्थानीय तहको गरी २ अर्ब ५० करोड ९२ लाख १६ हजार ७०१ रुपैयाँको बजेट प्रस्तुत भएको छ । गरेको छ । ८ वटा गाउँपालिका र एउटा नगरपालिका जिल्लामा छ । 

बजेट प्रस्तुत गर्ने गाउँपालिकाहरूमा सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मैवाखोला गाउँपालिका छन् । सिदिङ्वा गाउँपालिकाले ५ असारमै ४४ करोड ५२ लाख ८७ हजार रुपैयाँको बजेट पेश गरिसकेको छ ।

सिरिजङ्घा गाउँपालिकाले आइतबार साढे ५८ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँसभामा  उपाध्यक्ष डा. चित्र माबोले ५८ करोड ७४ लाख ८ हजार ८६३ रुपैयाँ बजेट प्रस्तुत गरे ।

सोमबार आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले एकै दिन बजेट प्रस्तुत गरे । आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाखभन्दा बढि बजेट प्रस्तुत गरेको छ । 

उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । कुल बजेटको चालु तर्फ ३३ करोड ७६ लाख ७२ हजार २०५, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपैयाँको बजेट पेश भएको छ । 

मेरिङ्देन गाउँपालिकाले भने ५० करोड ५७ लाख बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपैयाँको बजेट प्रस्तुत गरे । 

मैवाखोला गाउँपालिकाले ४४ करोड ७१ लाख बढीको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष असली माया लिम्बूले ४४ करोड ७१ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । बाँकी फुङ्लिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र पाथिभरा याङवरक गाउँपालिकाको आज बजेट ल्याउँदै छन् । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update