Odapalika - The Fourth Estate - चौथो अंग
९७ प्रतिशत गाउँपालिकाले ल्याए बजेट, १५ स्थानमा लफडा 

काठमाडौँ । देशभरका ४६० गाउँपालिकामध्ये ४४५ वटा गाउँपालिकाले निर्धारित समयमै गाउँसभामा बजेट पेश गरेका छन् ।  

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलका अनुसार गत वर्षको तुलनामा यसपटक धेरै स्थानीय तहले  समयमै बजेट ल्याएका हुन् । स्थानीय तहले १० असारभित्र बजेट ल्याउनुपर्ने व्यवस्थ छ । तर विवादका कारण १५ वटा गाउँपालिकाले भने बजेट ल्याउन नसकेको महसंघले जनाएको छ । 

कुल गाउँपालिकामध्ये ९७ प्रतिशतले तोकिएकै समयभित्र बजेट ल्याएको महसंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डे बताउँछिन् । गतवर्ष अधिकांश गाउँपालिकामा विवाद भएपछि महासंघले नै सहजीकरण गरेर बजेट ल्याउन सहयोग गरेको थियो । 

महासंघका अनुसार यसपटक कोशीका सबै ८८ वटै स्थानीय तहले बजेट ल्याइसकेका छन् भने मधेशका ५९ मध्ये ९ वटाले बजेट ल्याउन बाँकी छ । बागमतीका ७४ मध्ये ७३ वटाले, गण्डकीका ५८ मध्ये ५६ वटाले, लुम्बिनीका ७३ मध्ये ७१ वटाले, कर्णालीका ५४ मध्ये ५३ वटा र सूदुरपश्चिमका सबै अर्थात ५४ वटै गाउँपालिकाले बजेट पेश गरिसकको छन् । 

बजेट पेश गर्न नसकेका गाउँपालिकाले पनि केही दिनमै बजेट ल्याउने बताएका छन् । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update