Odapalika - The Fourth Estate - चौथो अंग
रास्वपा र राप्रापाको बाटोमा गाउँँका ५ सरकार, कसले किन गरे बजेट बहिष्कार ? 

काठमाडौँ । निर्धारित मिति अर्थात १० असारभित्रमा देशभरका ३९ वटा स्थानीय तह बजेट ल्याउनै असफल भए । बजेट ल्याएकामध्ये पनि ५ वटा स्थानयि तहका जनप्रतिधिलिे भने केन्द्रको सिको गर्दै सभा बहिष्कार गरको छन् । 

सम्वनिधत गाउँ र नगरसभामा बजेट पेश हुने क्रममा बिववाद हुँदा ५ वटा स्थानीय तहका जनप्रतिनिधिले बजेट बष्हिकार गरेका छन् । तर वहिष्कार गर्ने पक्षको बुहमत नजुट्दा केन्द्रमै जस्तो बजेट भने पेश भएको छ । प्रतिनिधिसभामा पनि राप्रपा र रास्वपाको बहिष्कारका बीच बजेट पेश भएर पारित भएको छ । 

४६० गाउँपालिका मध्ये १५ गाउँपालिका र २९३ महानगर, उपमहानगर र नगरपालिकामध्ये २४ वटा मा बजेट पेश नै हुन सकेन् । बजेट पेश हुन नसकेका बाहेक यी ५ स्थानीय तहमा बजेट बहिष्कारका आआफ्नै कथाव्यथा छन् । 

बुढीगंगा नगरपालिकामा कांग्रेसको बहिष्कार 

बाजुराको बुढीगंगा नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

कांग्रेसबाट निर्वाचित ३ जना वडा अध्यक्षसहित १५ जना जनप्रतिनिधिले नगरको हित र नीति विपरित मनोमानी तरिकाले बजेट बिनियोजन गरेको भन्दै नगरसभा बहिष्कार गरेको बुढीगंगा नगरपालिका ४ का अध्यक्ष मिनबहादुर शाहले बताए ।

उनले संघीय सरकारले छुट्याएका योजनामा नगरपालिकाबाट पनि ठूलो बजेट छुट्याएको, कार्यकर्ता भर्तिकेन्द्रका रुपमा करार कर्मचारीका लागि ठूलो रकम बिनियोजन गरेको, २ बर्षदेखि लगातार खेल मैदान निर्माणमा बजेट छुट्याई खेल मैदान निर्माण भइसकेको ठाउँमा हाल आएर जग्गा खरिदका लागि बजेट बिनियोजन गरेकोजस्ता कारण देखाएर बहिष्कार गरेको बताउ । 

बुढीगंगा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख दुबै एमालेबाट निर्वाचित हुन् । बहिष्कारका बीच नगरसभामा ५३ करोड ९० लाख ८३ हजार ५९२ रुपैयाँकोे बजेट पेश भएको छ । 

बराहक्षेत्र नगरपालिकामा एमालेको बहिष्कार 

नेकपा एमालेका जनप्रतिनिधिहरूले सुनसरीको बराहक्षेत्र नगरपालिकाको बजेट सभा बहिष्कार गरे ।  

वडाको बजेट सिलिङ अपर्याप्त भएको र समपूरक शीर्षकमा सन्तुलित बजेट विनियोजन हुनुपर्ने माग राख्दै आएका एमालेका जनप्रतिनिधिको माग सुनुवाइ नभएपछि नगर सभा बहिष्कार गरेको बताएका छन् । 

वडा नम्बर २ का वडाध्यक्ष होमप्रसाद गौतमका अनुसार बजेटका शीर्षकमा दफावार छलफलमा रहेको बराहक्षेत्रको नगर सभाको दोस्रो दिन बहुमतमा रहेको नेपाली कांग्रेसका मेयरले माग पूरा गर्न नचाहेपछि बहिष्कार भएको हो । 

नगरमा एमालेका तर्फबाट ३ वडाध्यक्षसगित २४ जना जनप्रतिनिधि छन् । उपमेयर नन्दकुमारी सुनुवारबाहेक एमालेका २३ जनप्रतिनिधिले सभा बहिष्कार गरी नगरपालिका मूल गेटमा धर्ना दिए ।

गण्डकी गाउँपालिकामा कांग्रेस र एमाले नै बहिष्कारमा 

गोरखाको गण्डकी गाउँपालिकाको बजेट सभा कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरे । गाउँपालिका केन्द्र विवाद, बजेट सिलिङलगायत विषयमा असन्तुष्टि जनाउँदै उनीहरुले बहिष्कार गरेको बताएका छन् । 

उपाध्यक्ष ललिता अधिकारीसहित कांग्रेस, एमालेबाट निर्वाचित १४ जना गाउँसभा सदस्यले बहिष्कार गरेका हुन् ।  उपाध्यक्ष अधिकारी अनुपस्थित भएपछि गाउँसभामा पुर्वाधार समितिका संयोजक तथा गाउँसभा सदस्य तुलसीप्रसाद रेग्मीले बजेट पेस गरेका छन् । उपाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित भएकी हुन् ।

गाउँपालिकाको प्रशासकीय भवनको विषयमा दलसँग सहमतिको प्रयास नगरिएको, गाउँपालिकाले वैशाख महिनामा बजेट सिलिङ ल्याएको भन्दै कांग्रेस र एमाले रुष्ट छन् । 

माण्डवीका २ वडाका जनप्रतिनिधिको बहिष्कार    

प्यूठानको माण्डवी गाउँपालिकाका २ वटा वडाका १ण् जना सदस्यले बजेट ल्याउन डाकिएको नगरसभा बहिष्कार गरेका छन् । 

वडा नम्बर ३ र ५ का १० जना सदस्यले बहिष्कार गरे । उनीहरूले बजेट निर्माण प्रक्रियामा एकलौटी र अपारदर्शी भएको आरोप लगाएका छन् । अध्यक्ष र उपाध्यक्षले मिलेर मनोमानी गरेको आरोप उनीहरुको छ ।  । 

एमालेको बहिष्कारपछि बिदुरमा बजेट स्थगित 

बजेट अधिवेशन सुरु भइसकेपछि एमाललेका जनप्रतिनिधिहरुले बष्हिकार गरेका कारण नुवाकोटको विदुर नगरपालिकाको बजेट अधिवेशन आजसम्मका लागि स्थगित छ । 

सभा एकतर्फी रूपमा गर्न लागिएको जनाउँदै सत्तारुढ दल एमालेका जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि स्थगित भएको हो ।

मेयर राजन श्रेष्ठले पहिलो बैठक गणपूरक संख्या नपुगेको कारण तीन दिनका लागि स्थगित गरिएको घोषणा गरेका थिए । सो घोषणाको मिति आज सकिदैछ । एमालेका जनप्रतिनिधिहरूले भने नगरमा सहकार्य, सहमति र सद्भावको कार्य हुन नसेको आरोप लगाउँदै सभा बहिष्कार गरेको दाबी गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update