Odapalika - The Fourth Estate - चौथो अंग
४७८ स्थानीय तहको बजेटबारे संघीय सरकार बेखबर, यसकारण संघलाई गन्दैनन् स्थानीय सरकार 

काठमाडौँ । देशभरका ७२४ वटा स्थानीय सरकारहरुले आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट ल्याइसकेका छन् । तर स्थानीय तहको बजेटको एकीकृत तथ्यांक राख्ने संघीय संरचनामा भने यो तथ्यांकप्रति बेखबरजस्तै छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एकीकृत बजेट अभियलेख अनुसार अहिलेसम्म (यो समाचार तयार पार्दासम्म) जम्मा २४६ वटा स्थानीय तहले मात्र बजेट पेश गरेको देखिन्छ । 

जवकी नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले दिएको तथ्यांक अनुसार देशभरका ३९ वटा स्थानीय तहले मात्र बजेट ल्याउन बाँकी छ । 

१५ वटा गाउँपालिका र महानगर, उपमहानगर र नगरपालिकासहित २४ वटाको बजेट नगरसभामा पेश हुन बाँकी छ । बाँकी ७२४ वटा स्थानीय तहको बजेट सभामा पेश भइसकेको छ । 

संघीय मन्त्रालयको वेवसाइटमा राखिने एकीकृत बजेट तथ्यांकमा बजेट पेश भएको र पारित भएको अभिलेख राख्ने गरिन्छ । 

तर बजेट पेश गरेका स्थानीय तहले मन्त्रालयको प्रणालीमा बजेट अपलोड नगरेका कारण यति थोरै संख्यामा बजेट अपलोड भएको देखिएको मन्त्रालयको भनाइ छ । 

त्यसो त अघिल्लो आथिृक वर्षमा समेत ३५ वटा स्थानीय तहले मन्त्रालयलाई बजेट उपलव्ध नगराइ आर्थिक वर्ष बिताए । बजेट पेश नगरे कार्यसम्पादन मूल्यांकनमा जम्मा ५ नम्बर कटौती हुनेबाहेक अन्य कारवाही नहुने भएकाले पनि स्थानीय तहहरु संघीय प्रणालीमा बजेट प्रविष्ट गर्न अनिच्छुक देखिदै आएका छन् । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update