Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारहरुको खबरदारीः घरजग्गा व्यवसायीलाई कृषियोग्य जमिन बेच्न नदेऊ

काठमाडौँ । स्थानीय सरकारहरुले कृषियोग्य जमिन घरजग्गा व्यवसायीलाई दिएर पछि विक्री गर्ने प्रबृत्ति रोक्न आग्रह गरेका छन् ।

नगरपालिकाहरुको संस्था नेपाल नगरपालिका संघ र गाउँपालिकाहरुको संस्था गाउँपालिका राष्ट्रिय महासंघले संघ सरकारलाई भूमि सम्बन्धी विधेयकका विषयमा संयुक्त सुझाव दिदै घरजग्गा व्यवसायीले खरिद गरेको जमिन कृषियोग्य भए सो जमिन विक्री गर्न पाउने व्यवस्था परिवर्तन गर्न भनेका हुन् ।

‘विधेयकको प्रस्तावित १२ ९छ० घरजग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले जग्गा बेच्न पाउने सम्बन्धी व्यवस्था उचित भएपनि त्यसरी किनेको जग्गा आवास वा व्यवसायिक क्षेत्र भन्दा फरक परेमा पनि सरकारको अनुमती लिएर बेच्न पाउने भन्ने उचित हुदैंन। उक्त जग्गा कृषिमा परे उसले कृषि कार्य गर्ने वा कृषि कार्य गर्न लिजमा दिनु पर्दछ। विक्री गर्न दिनु हुदैंन,’ संघ र महासंघले भनेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update