Odapalika - The Fourth Estate - चौथो अंग
आज निजामती सेवा दिवस, कर्मचारीलाई बिदा

काठमाडौँ ।  निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् । नेपालमा पहिलोपटक २२ भदौ २०१२ मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर दिवस मनाइएको हो । यो दिवस भने २०६१ सालपछि हरेक वर्ष मनाउन थालिएको हो ।

निजामती दिवसको अवसरमा आज कर्मचारीहरूलाई बिदा दिइएको छ । साथै, विभिन्न कार्यक्रमहरू भने गर्ने तयारी भएको छ । केही कर्मचारीहरू पुरस्कृत तथा सम्मानित पनि हुनेछन् ।

निजामती कर्मचारीहरूले सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभातफेरी निकाल्दै छन् । बिहान सवा ७ मा प्रभातफेरी सुरु गर्ने र भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुने बताइएको छ ।

साथै, अघिल्लो वर्ष उत्कृष्ट काम गरेका कर्मचारीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गर्दै छन् । त्यसरी सम्मानित हुनेमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई एक लाख रुपैयाँ राशिको दरले सम्मान गर्न लागिएको छ भने निजामती सेवा पुरस्कारबाट ३० जनालाई ५० हजार राशिको दरमा सम्मान गर्न लागिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update