Odapalika - The Fourth Estate - चौथो अंग
सामूहिक आक्रमणमा चार घाइते‚ पूर्व वडाध्यक्ष समेत प्रहरी नियन्त्रणमा 
प्रतिकात्मक तस्बिर

सिराहा - मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रिता यादव छन् । गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।

पीडितका अनुसार १५/२० जनाको समूहले घरमै आएर खुकुरी, रड, भाटालगायतका हतियारले आक्रमण गरेका थिए । प्रहरीले घटनामा संलग्नताको आरोपमा आज मिर्चैया–३ का पूर्व वडाध्यक्ष हरि कुशियैत यादवसहित किशोर यादव, अशोक यादव, जगदीश यादव गरी चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update